काठमाडौं विश्वकै चौथो प्रदूषित सहर
-
नेटिजन संवाददाता
- सोमबार, ५ फाल्गुण, २०८१- १२:४३:००/ Monday 02-17-25

काठमाडौँ।राजधानी काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार सोमबार बिहान ७ बजेसम्म काठमाडौँको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
जसअनुसार काठमाडौँ विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो । त्यस्तै दक्षिण एसियाली मुलुक बङ्गलादेशको ढाका दोस्रो नम्बरमा छ ।
बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ भने तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।