• मंगलबार, १ असोज, २०८१
  • १२:३९:२८

उपयोगी जानकारी : कुन देशमा के धेरै  हुन्छ ? 

आठ अर्ब भन्दा बढि जनसंख्या भएको विश्वमा दुई सय भन्दा बढि मुलुकहरु छन् । यी मुलुकहरुको आफ्नै भौगोलिक, सांस्कृतिक र प्राकृतिक चिनारी छ । त्यसमध्ये पनि विभिन्न मुलुकहरु फरक -फरक कुरामा विश्वमै अगाडी छन् । यस्तै मध्येका केहि जानकारीमुलक तथ्यहरु यहाँ प्रस्तुत गरिएको छ ।
१।    अलैँची धेरै उत्पादन नेपालमा हुन्छ ।

२।    आँप धेरै उत्पादन भारतमा हुन्छ । 

३।    आलु धेरै उत्पादन जर्मनीमा हुन्छ । 

४।    कफी धेरै उत्पादन ब्राजिलमा हुन्छ । 

५।    कफी धेरै खपत स्विट्जरल्यान्डमा हुन्छ । 

६।    केरा धेरै उत्पादन अष्ट्रेलियामा  हुन्छ । 

७।    केराउ धेरै उत्पादन अस्ट्रेलियामा हुन्छ । 

८।    गहुँ धेरै उत्पादन फ्रान्समा हुन्छ । 

९।    गोलभेँडा धेरै उत्पादन इटलीमा हुन्छ । 

१०।    चलचित्र भवन धेरै रुसमा बनेको छ । 

११।    चलचित्र धेरै भारतमा निर्माण हुन्छ । 

१२।    चिया धेरै उत्पादन भारतमा हुन्छ । 

१३।    चिया धेरै  खपत बेलायतमा हुन्छ ।

१४।    जङ्गल धेरै ब्राजिलमा रहेको छ ।

१५।    जलस्रोत धेरै ब्राजिलमा रहेको छ । 

१६।    जुट (सनपाट) धेरै उत्पादन बङ्गलादेशमा हुन्छ । 

१७।    टापु धेरै भएको देश इन्डोनेसिया हो । 

१८।    भँगेरा विश्वका प्रायः सबै देशमा पाइन्छ । 

१९।    विश्वमा प्राकृतिक रूपमा धेरै रबर उत्पादन थाइल्यान्डले गर्छ ।

२०।  सुर्ती धेरै उत्पादन गर्ने देश चीन हो ।

२१।    वृक्षरोपण धेरै गर्ने देश चीन हो । 

२२।   सम्बन्धविच्छेद धेरै हुने देश अमेरिका हो ।

२३।   विद्युत् धेरै उत्पादन अमेरिकामा हुन्छ ।  

युवामञ्चबाट