• शनिबार, १२ श्रावण, २०८१
  • १२:१६:०१

'कोभिड-१९ सँग डराउने दिन गए'

  • Netizen Nepal
  • सोमबार, ९ माघ, २०७९- १६:४४:००/ Monday 01-23-23

नेटिजन संवाददाता 

काठमाडौँ, ९ माघ। कोभिड–१९ सँग अब डर नभएको चीनको वुहान सहरका बासिन्दाहरूले सोमबार जनाएका छन् । उनीहरू भविष्यका लागि आशावादी भएको र तीन वर्षअघि यो सहर लकडाउन भएका कारण रहस्यमय भाइरस भएको जनाएका छन् ।

जनवरी २०२० मा बेइजिङले वुहानलाई प्रकोप कम गर्नका लागि बन्द गर्न आदेश दिएको थियो । उक्त समयमा लाखौँ मरेका र विश्वव्यापी अर्थतन्त्रलाई उथलपुथल भएको थियो । तर अब विश्वभरि धेरैका जीवन सामान्यमा फर्किएको र लगभग तीन वर्षको कठोर तालाबन्दी र अनिवार्य सामूहिक परीक्षणपछि, बेइजिङले गत महिना आफ्नो कट्टरपन्थी शून्य–कोभिड नीति हटाएको छ ।

नयाँ वर्ष मनाउने क्रममा, व्यस्तबजार र परिवारहरूमा भीडभाड भएका स्थानीयहरू कोहीले मास्क लगाएका थिएनन् । खेलौनाहरू किन्ने र याङ्त्जे नदीको छेउमा रमाइरहेका देखिन्थयो ।  वुहानको सबैभन्दा प्रतिष्ठित साइटहरूमध्ये एक गुइयुआन मन्दिरमा तीन वर्षमा पहिलो पटक खोलिएको छ ।

चीनमा गत जनवरी १३ देखि १९ को बीचमा लगभग १३ हजार कोभिड–१९ सङ्क्रमणको कारण मृत्यु भएको छ ।  गत जनवरी १२ सम्म अस्पतालमा कोभिडको कारण ६० हजार मानिसको मृत्यु भइसकेको थियो ।

गत डिसेम्बरमा चीनले शून्य–कोभिड नीति त्यागेपछि यस रोगबाट ६० हजारभन्दा बढी मानिसहरूको मृत्यु भएको छ ।