टर्कीको दक्षिणी क्षेत्रमा ७.८ रेक्टरको शक्तिशाली भूकम्प
- Netizen Nepal
- सोमबार, २३ माघ, २०७९- ०९:५९:००/ Monday 02-06-23
नेटिजन संवाददता
काठमाडौँ, २३ माघ । अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार सिरियाको सिमानासँग जोडिएको क्षेत्रमा ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प प्रभावित क्षेत्र गाजिएनटेपमा लगभग २० लाख जनसङ्ख्या छ । त्यसमध्ये धेरैजसो सिरियाली शरणार्थी रहेका बीबीसीले जनाएको छ ।
भूकम्पले ठूलो मात्रामा जनधनको क्षति हुन सक्ने अनुमान गरिएको छ । भूकम्पको धक्का राजधानी अङ्कारासहितका क्षेत्र तथा लेबनान, सिरिया र साइप्रसमासमेत महसुस गरिएको खबरमा उल्लेख छ ।