• बुधबार, २ असोज, २०८१
  • ०७:५९:२६

४१ हजार बढि प्यालेस्टिनीको मृत्यु

काठमाडौं। गाजापट्टीमा जारी इजरायली आक्रमणबाट प्यालेस्टाइनीको मृत्यु हुने सङ्ख्या बढेर ४१ हजार २० पुगेको छ ।

गाजा–आधारित स्वास्थ्य अधिकारीहरूले विगत २४ घण्टामा इजरायली सेनाले ४० जनाको ज्यान लिएको बताइएको छ । साथै सय जना घाइते भएका छन् । जसबाट कुल मृत्यु हुनेको सङ्ख्या ४१ हजार २० पुगेको छ ।

प्यालेस्टिनी–इजरायली सङ्घर्ष अक्टोबर २०२३ को सुरु भएदेखि ९४ हजार ९२५ जना घाइते भएका छन् ।

मङ्गलवार दक्षिणी गाजाको खान युनिसमा विस्थापित मानिसहरूलाई आश्रय दिने पालमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टाइनीको मृत्यु हुनुका साथै अन्य ६० भन्दा बढी घाइते भएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल।