• बिहीबार, ३ असोज, २०८१
  • ०६:५४:१९

मेधावी चिन्तक प्रदीप गिरिलाई सम्झदा

  • Netizen Nepal
  • सोमबार, ३१ भदौ, २०८१- १७:३७:००/ Monday 09-16-24

काठमाडौं ।  नेपालका मेधावी चिन्तक प्रदीप दाइलाई सम्झिदा मन पुल्कित हुने गर्दछ ।  सिरहा जिल्लामा नै स्कुली शिक्षा पुरागरी भारतीय कलेजमा उच्च शिक्षाका लागि अधयनरत रह्दै गर्दा बनारस हिन्दु विश्वबिद्यालको कक्षामा  १५ दिन अथवा कहिलेकाही एक महीनामा पनि विश्वबिद्यालयका विद्यार्थीहरुका लागि वक्तित्वकलाको आयोजना हुने गर्द्थ्यो । यो वक्तित्वकलाको प्रतियोगीतामा धेरै विद्यार्थीहरु सहभागी हुने गर्दथ्यो ।

विश्वबिद्यालयका विद्यार्थीहरुका माझ प्रदीप दाइको भिन्दै पहिचान रहने गर्द्थ्यो । आयोजित वक्तित्वकला  प्रतियोगितामा प्रतियोगिहरुलाई आफुले बोल्ने विषयको अग्रिम जानकारी दिने गरिने गरिदैन थियो। आयोजकले प्रतियोगितामा बोल्ने  विषय आफै पहिचान गरि सहभागीहरुलाइ एउटा डब्बामा राखेको बोल्ने  विषयको  चिर्कटो आफै झिक्न आदेश दिने गरिन्थ्यो । 

 विश्वविद्यालयका सयौं  विध्यार्थीका माझ आफुले डब्बाबाट लिएको चिर्कटोमा लेखिएको शिर्षकमा धुवाँधार आफ्ना विचारहरु पोख्न सक्ने मेधावी विद्यार्थी प्रदीपदाइ सयौं विद्यार्थीहरुलाई   मन्त्रमुग्ध पार्ने गर्दथे । प्रदीप दाइलाई नजीकबाट हेरिरहेका र जानी रहेका यो पङ्क्तिकारका दाजु पनि प्रसंसक मध्ये एक हुनुहुन्थ्यो । 

यी मेधावी  प्रदीप दाइका समकालीन मित्रहरू उनीसँग प्रभावित भएका धेरै  छ्न । आफ्नो उच्च शिक्षा अध्ययन गर्दै गर्दा यो पंक्तिकारले पनि सन १९७१ सेप्टेम्बर तिर बनारसमा प्रदीप दाइ र क्रान्तिकारी नेत्री शैलजा आचार्यसँग नेपालमा तत्कालीन बेलामा प्रतिवन्धित तरुण पत्रीकाको आदन प्रदानका शिलशिलामा बनारसको सागरनाथमा मेरा केहि मित्रहरूसँग भेट्ने मौका परेको बेला नेपालका मुर्धन्य प्रजातान्त्रिक समाजवादी नेता बी पी  कोइरालासँग पनि मेरा साथीहरूका साथ बातचित गर्ने मौका  पाएका थियौ । नेता बी पीको सन्दर्भ यो चिरकटोमा सम्योगले जोडिएको मात्रै हो । तर समाजवादी विचारका पथ प्रवर्द्धक भएको कारणले पनि यो मजवुतमा बी पी कोइराला समेत जोडिन गएका हुन । 

नेपालका मेधावी छात्रको पहिचान बनाएका प्रदीप दाइको समाजवादी चिन्ताजनकको रूपमा  पहिचान भारतको वनारसमा अध्यनरत हुदैनै बनाइसकेका थिए । बिक्रम सम्वत २०३२ तिर नेपाल फर्कि आएको बेला समाजवादी विचारलाई फलाउने फुलाउने काममा लगेका पनि हुन । समता भन्ने साप्ताहिक पत्रीका प्रदीप दाइको अगुवाइमा केही समय प्रकाशन पनि भयो । समयसँग आफ्नो प्रजातान्त्रिक समाजवादको परिकल्पनालाई साकार पार्ने जोड वलमा लेखहरु , पुस्तकहरु समेतमा प्रकाशित भएका हुन ।

 साथै राष्टिय र  अन्र्तरराष्टिृय फोरमहरुमा आफ्नो विचार  राम मनोहर लोहियाका (भारत का प्रख्यात समाजवादी नेता) अनुयायी प्रदीप गिरिले नेपालमा समाजवादको  कार्यान्वयनका लागि पनि वैचारिक पहल गरेका थिए ।   जनताको प्रतिनिधि नै रहेर राज्यमा प्रजातान्त्रिक समाजवादको वकालत गर्ने र नेपाली जनतालाई समतामूलक समाजमा रुपान्तरण गर्ने । समाजवादी बिचार हिन र लक्ष्यविहिन राज्य संचालक नेताहरूबाट समतामूलक नेपाली समाज बन्नलाई भन्ने विश्वास न भएर नै होला प्रदीप गिरि राज्यसत्ताको पदमा पुग्ने चाहना किमार्थ  राखेनन् ।   

समाजवादको वकालत गर्ने नेताको नेपालमा हिजोआज कमि  छैन । चाहे त्यो वाम विचार धारा बोकेका कम्युनिस्ट  हुन, चाहे त्यो अरु बिचारवाट प्रभावित राजनीतिक नेताहरु नै किन न हुन सबैलाई खोक्रो र ढोगि नै देखेका होलान् प्रदीप दाइले ।  नेपालको राजनीतिक मञ्चमा अहिलेकै लोभी पापी नेताहरुको हालीमुहालीमा  नेता बी पी लाई पनि गुटमुटाउने थिएनन् भन्ने अवस्था छैन्। यिनै अवस्था र परिवेशबाट  प्रदीप गिरिले घिन लाग्दो सत्ता स्वार्थ भन्दा आफुलाइ टाढानै राख्न रुचाउने गरेका थिए ।

विश्व रङगमन्चमा दक्षिणी एसिया देश भारत र बङ्गलादेश जसले आ आफ्नो देश उपनिवेश अवस्थाबाट स्वतन्त्र हुद सम्मजवादी अर्थिक नीति लिदै गर्दा  पनि यी मुलुकहरुको  प्रतिवयक्ती आय अमेरिकी डलर २३४० भारतको छ भने बङगलादेशको  २५३० र छिमेकि चिनको १२७२०  अमेरिकी डलर हुँदै गर्दा नेपालको जम्मा जम्मी १,४०० डलर मात्र रहेको छ ।

हेरौ त अब नेपालका नेताहरूले नेपालको समाजवादी संविधान लेख्दै गर्दा र समतामूलक समाजको परिकल्पना गरि लादिएको निति र योजनाले नेपाल देशको क्रान्ति विजोग बनाएको छ  । कि त समाजवाद उन्मुख समाजको विचारको  वर्तमान संविधानमा विकल्प खोज्नुपर्छ र नेपालमा सबै दलका नेताहरु्ले समाजवाद नेपालमा ल्याउ छौ भन्ने  भाष्य बाट  आजका दिन देखी मुक्तहुनु पर्नेछ ।

प्रजातान्त्रिक समाजवादको दिशाबाट मुलुकलाई समृद्ध बनाउने केहि नेताहरु लाई स्मरण गर्दै गर्दा दक्षिण अमेरिकी देश चिलीका राष्टपति एस बििभलमभ लाई स्मरण गरौ। चिली भन्ने देशको प्रती व्यक्ति आय अमेरिकी डलर १५ हजार  पुर्याएर मुलुकलाई अग्रता दिन सफल भए भने अर्का प्रजातान्त्रिक समाजवादी इजराइल प्रधानमन्त्री डेभिड गुरिओनले इजराइली जनताको प्रती व्यक्ती आय छद्ध हजार ढण्ण् अमेरिकी डलर पुर्याउन सकेका छन्।

९०को दसक पछी  गोरा शासकको  उपनिवेशबाट स्वतन्त्रता प्राप्त गरेको दक्षिण अफ्रिकाको समेत छ हजार छद्धण् अमेरिकी डलरको प्रतिव्यत्ति आयमा उक्लिन सफल भएको छ । हाम्रो सुन्दर शान्त  देश नेपाल ढण् को दशकमा लोकतान्त्रिकरण हुदै गर्दा अमेरिकी डलर एक हजार चार सयमा मरिचको गेडो खुम्चिनु परे जस्तै  नेपालीहरु खुम्चिनु परेको छ  । तर नेपाली नेताहरू ऋष्ट पुष्ट देखिने गर्दछन । नेपालका मुर्धन्य नेता बी पी कोइराला र यिनका विचार सगँ प्रभावित समाजवादी चिन्तक एवं नेता प्रदीप गिरिलाई नयाँ पुराना सबै जमानाका जनताले नेपालको सम्वृधि र नेपालीको सुखी हुने चाहना पुरा गर्न सक्ने नेताको खोजीमा आ आफ्नो  आँखाहरु यता उता घुमाइ रहेका छन ।