• बिहीबार, ३ असोज, २०८१
  • १०:३३:०९

यस्ता छन लसुन खानुका फाइदा

  • Netizen Nepal
  • मंगलबार, १ असोज, २०८१- १३:३०:००/ Tuesday 09-17-24

काठमाडौँ। संसारभरका धेरै खानामा समावेश हुने लसुन आवश्यक पोषक तत्वहरूले भरिपूर्ण हुन्छ। यो यसको सुगन्ध र स्वादको लागि पनि परिचित छ। यसको प्रयोगबाट धेरै फाइदाहरू हुन्छन। यसले उच्च रक्तचाप, कोलेस्ट्रोल र संक्रमण देखि लिएर विभिन्न स्वास्थ्य समस्याहरू हटाउन मद्दत गर्छ । लसुन परम्परागत चिकित्सामा समेत प्रयोग गरिन्छ। यसलाई काँचो या कुनै पनि तरकारीमा राखेर खान सकिन्छ।

लसुन खानुका फाइदाहरु यस्ता छन:

१. प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ: लसुनमा एलिसिन जस्ता यौगिकहरू पाइन्छ, जसले प्रतिरक्षा प्रणाली बढाउन र संक्रमणसँग लड्न मदत गर्छ। 

२. रक्तचाप नियन्त्रण: लसुनले रक्तचापमा राम्रो प्रभाव पारेको देखाइएको छ। यसले उच्च रक्तचाप भएका व्यक्तिहरूको रक्तचाप कम गर्छ र हृदय रोगबाट पीडित व्यक्तिहरूको जोखिम कम गर्छ।

३. कोलेस्ट्रोलको स्तर सुधार्छ: लसुनले खराब कोलेस्ट्रोल घटाएर राम्रो कोलेस्ट्रोल बढाउँछ र कोलेस्ट्रोलको स्तर सुधार्छ।

४. एन्टी-इन्फ्लेमेटरी गुण: लसुनमा एन्टी-इन्फ्लेमेटरी गुणहरू हुने यौगिकहरू हुन्छन्। यसले शरीर सुन्निन कम गर्छ। 

५. क्यान्सरको जोखिम कम गर्छ: केही अध्ययनहरूले देखाए अनुसार लसुनले पेट र कोलोरेक्टल क्यान्सरसहित केहि क्यान्सरहरूको जोखिम कम गर्न सक्छ।

६. मुटुको स्वास्थ्य: लसुनले मुटुलाई स्वस्थ राख्न मदत गर्छ। लसुनले उच्च रक्तचाप नियन्त्रण गर्न, खराब कोलेस्ट्रोलको स्तर घटाउन र रक्तसञ्चार सुधार गर्न मदत गर्छ।