• बिहीबार, ३ असोज, २०८१
  • ०६:४५:१०

गलत सूचना दिनेविरुद्ध कानूनी कारवाहीमा जाने जेननेक्स्टको चेतावनी

  काठमाडौं । नेपालको लागि  एप्पलको आईफोनको आयात तथा बजार वितरणका लागि एक मात्र आधिकारिक कम्पनी  जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रा. लि.ल नेपालमा सूचना प्रविधिको व्यवसाय रुद्रराज पाण्डेले नेपाल दूरसञ्चार प्राधिकरण (एनटीए) र त्यसका कर्मचारीहरुमाथि बिना प्रमाण सामाजिक सञ्जालमार्फत गम्भीर आरोप लगाएको जनाएको छ ।  हाल अमेरिकामा रहेका पाण्डेले आफ्नो डियरवाक ग्रुप अन्तर्गत  रहेको कम्पनी डियरकम्पवेयर लिमिटेडले नेपालमा आइफोन आयात गर्न प्रयास गरेको र त्यसमा प्राधिकरणले स्वीकृति नदिएको भन्दै हालै आफ्नो सामाजिक संजाल मार्फत गलत आरोप पोस्ट गरेको कम्पनीले जनाएको छ  ।

कम्पनीले विज्ञप्ती मार्फत्  आफ्नो अर्को कम्पनीका लागि किनेका आइफोनहरु सिधै दुबईबाट आंयात गरेर अवैध वा गैरकानूनी रुपमा नेपालमा ल्याउन खोजेको समेत दाबी गरेको छ । कम्पनीले विज्ञप्तीमा भनेको छ , "उनको कम्पनीले उत्पादक निर्माता वा ब्राण्ड कम्पनीसँगको कुनै सम्झौता भएको छैन् । सिधै मैले किन आयात गर्न नपाउने भन्ने जिकिर आफैंमा प्रचलित कानुनको विपरीत छ । कागजात नपुर्याई आयात गर्न खोज्नु अवैध मात्र नभई सरकारी राजस्व गुम्ने र ग्रे मार्केटलाई समेत प्रसय दिने हुन्छ ।"

 निज पाण्डेको आरोपको खण्डन गरी आम उपभोक्ता र सचेत नेपाली नागरिकलाई सही सूचना दिनु हाम्रो पनि कर्तव्य ठानी विज्ञप्ती जारी गरिएको समेत कम्पनीले जनाएको छ । विज्ञप्तीमा नेपालमा आधिकारीकरुपमा जेनेरेशन नेक्स्ट कम्युनिकेसन प्रालि अर्थात जेननेक्स्ट भन्ने कम्पनीले आधिकारीकरुपमा आईफोन आयात तथा बितरण गर्दै आएको  भनिएको छ ।   जेननेक्स्टले एप्पलसँग पछिल्लो पटक ५ अगस्ट २०२४ मा आधिकारीक सम्झौता अपडेट गरेको छ ।

उक्त सम्झौता पत्र ुएनडीएु अर्थात नन डिस्क्लोजर एग्रीमेन्ट भएको हुँदा बाहिर सार्वजनिक गर्न नमिल्ने भए पनि कम्पनी वा नेपाल दूरसञ्चार प्रासधकरण (एनटीए) बाट हेर्न सकिने बताइएको छ ।  सोही सम्झौता पत्र र अन्य कागजातका आधारमा जेननेक्स्टले नेपालमा आधिकारीकरुपमा आइफोन आयात र बितरण गर्दै आएको प्रष्ट हुने कुरन समेत उल्लेख गरिएको छ ।   जेननेक्स्टले आयात गरेर नेपालमा ओलीज स्टोर, इभो स्टोर, लगायतका अन्य रिटेल कम्पनीहरुलाई आइफोन उपलब्ध गराउँदै आएको छ र सोही स्टोरहरुमार्फत आइफोन बेचिन्छन् । टाइप अप्रुभल भनेको सिधा भाषामा रेडियो टेलिकम्युनिकेसन्स उपकरणहरुको निश्चित आयातमा सरकारले कानून अनुसार दिने अनुमति हो । अर्थात नेपालमा भित्रने मोबाइल फोन, राउटर, स्मार्टवाच, स्मार्टब्याण्ड, ट्याबलेट लगायतका सिमसहितको जीपीएस ट्रयाकरलगायतका उपकरणहरुका लागि उक्त अनुमति चाहिन्छ । जसमा सिम प्रयोग हुने गर्दछ र आईएमईआई नम्बर राखिएको हुन्छ ।

एनटीएले दिने दूरसञ्चार ऐनको दफा १३ र १४ अनुसार टाइपअप्रुभलको लागि प्राधिकरणले गाइडलाइन नै बनाएको छ  र, त्यो वेबसाइटमा सबैका लागि उपलब्ध छ । यसरी नेपालको प्रचलित नियम कानुनको अधिनमा रहेर वर्षोंदेखि नेपाली जनतालाई सूचना प्रविधिमा उपयोग हुने एप्पलका उपकरणहरु बिक्री वितरण गर्दै आएकामा कुनै एक व्यक्तिले अनधिकृत ढङ्गबाट आफ्ना उत्पादनहरुलाई गैरकानुनी रुपमा नेपालमा आयात गर्न नपाएको आक्रोसमा जथाभावी टिप्पणी गर्ने, राज्यको आधिकारिक निकायको विश्वसनीयता माथि प्रश्न उठाउने र राज्यको राजस्वमा नै कमी ल्याउने अभिप्रायले जसरी दुस्प्रचार गर्न खोजिएको कम्पनीले जनाएको छ । उक्त गैर कानूनी कार्यको कम्पनीले भत्र्सना समेत गरेको छ ।  आगामी दिनमा पनि निराधार प्राचार गर्ने, ब्राण्डके प्रतिष्ठामा आँच पुत्र्याउने  कार्य गरेमा  कानुनी उपचारमा  जाने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ । 

 कम्पनीले  कम्पनीको बारेमा सामाजिक संजालहरुमा लेखिएका भ्रामक र गैर कानूनी विषयहरुमा ध्यान नदिन र एक मात्र आधिकारीक आयातकर्ता तथा बितरक नेक्स्ट कम्युनिकेसन प्रा. लि.लाई विश्वास गर्न आग्रह गरेको छ । 
 कम्पनीले नेपालमा आईफोनका साथसाथै एप्पलका अन्य उत्पादनहरु समेत आयात तथा बजारमा बिक्रि गर्दै आएको छ । सन् २००३ मा स्थापना भएको यो कम्पनीले अहिले विश्व प्रसिद्ध मोबाइल फोन, आइटी तथा विद्युतीय सामानहरुको कारोबारमा संलग्न छ ।