• बिहीबार, ३ असोज, २०८१
  • ०९:४०:१७

चीनले खोल्यो विश्वका वैज्ञानिकहरूका लागि १२ आणविक अनुसन्धान केन्द्र

काठमाडौं । चीनले अन्तर्राष्ट्रिय वैज्ञानिक र संस्थाहरूलाई विश्वव्यापी सहयोग बढाउन १२ आणविक अनुसन्धान केन्द्र र परीक्षण प्लेटफर्महरू खोलेको छ ।

यसमा चाइना एडभान्स रिसर्च रियाक्टर, नयाँ पुस्ताको टोकामाक यन्त्र हुआन्लिउ–३ र बेशान भूमिगत अनुसन्धान प्रयोगशाला समावेश छ ।

चिनियाँ आणविक ऊर्जा प्राधिकरण ( सीएईए ) का उपाध्यक्ष लिउ जङले अन्तर्राष्ट्रिय सम्मेलनको छेउमा भएको बैठकमा जानकारी दिनुभयो । एजेन्सी ।