• बुधबार, २३ असोज, २०८१
  • ०९:०८:०३

नेपाललाई कोरियाले पाँच लाख डलर बराबरको मानवीय सहायता गर्ने  

काठमाडौँ । गणतन्त्र कोरिया सरकारले असोजको दोस्रो साता आएको बाढिपहिराजन्य विपद्पछिको पुनः निर्माणका लागि नेपाललाई पाँच लाख अमेरिकी डलर बराबरको मानवीय सहायता उपलब्ध गराउने भएको छ।

नेपालस्थित कोरियाली दूतावासले कोरियन सरकारले  यस्तो निर्णय गरेको जनाएको  छ ।  यस सहयोगबाट विपद्पछिको पुनः निर्माण तथा पुनः स्थापना र ती क्षेत्रका बासिन्दाहरूलाई छिट्टै आफ्नो नियमित दैनिक जीवनमा फर्कन मद्दत गर्ने अपेक्षा कोरिया सरकारले गरेको दूतावासले जनाएको छ। 

यस अघि  कोरियाका विदेशमन्त्री चो ताए–युल्कनले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवालाई सन्देश पठाउँदै नेपालमा आएको बाढीपहिरोबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभएको  थियो । 

कोरियाली सरकारले विकास तथा सहयोगमा नेपाललाई प्राथमिकतामा राखेको र यसले दुई देशबिचको सहकार्य र मैत्रीपूर्ण सम्बन्धलाई थप मजबुत बनाउने उल्लेख गरेको छ। नेपाल र गणतन्त्र कोरियाबिच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको छ।  यस अवसर सन् २०२४ मा  नेपालस्थित कोरियन दुतावासले हरेक महिना दुई देशको सम्बन्धलाई घनिभूत बनाउँने विभिन्न काकर्यक्रमहरु आयोजना गरिरहेको छ । हरेक पछिल्लो समयमा कोरियन सरकारले नेपालको किासका लागि गर्ने सहयता बढाइरहेको छ ।