• शुक्रबार, ७ मङ्सिर, २०८१
  • ०८:१७:२७

मंसिर ७ : मौसम कस्तो छ ?

काठमाडौँ । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा भारत उत्तर प्रदेशको तल्लो वायुमण्डलमा कमजोर निम्नचापीय प्रणाली रहेकोजल तथा मौसम विज्ञान विभागले जनाएको छ । हाल कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहेको छ ।


विभागका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।

 कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका १-२ स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।