आजको मौसम कस्तो छ ?
- नेटिजन संवाददाता
- मंगलबार, ११ मङ्सिर, २०८१- १०:५८:००/ Tuesday 11-26-24
काठमाडौं । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका अनुसार मङ्गलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यी प्रदेशका पहाडी भागका १-२ स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका १-२ स्थानमा हल्का हिमपातको सम्भावना छ ।