कति अङ्कले बढ्यो नेप्से परिसूचक ?
- नेटिजन संवाददाता
- मंगलबार, १८ मङ्सिर, २०८१- १६:१५:००/ Tuesday 12-03-24
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १७.८० अङ्कले बढेर २ हजार ७ सय ७५.८५ अङ्कमा पुगेको छ । मङ्गलबार विभिन्न ३ सय ७ कम्पनीका एक करोड ८१ लाख ६० हजार ३४ हजार कित्ता शेयर रु ८ अर्ब ५२ करोड १२ लाख १९ हजार २ सय ९९.६७ मा कारोबार भएको नेप्सेले जनाएको छ ।
मंगलबारको कारोबारमा उपसमूहतर्फ ट्रेडिङ ५.९६ प्रतिशतले बढेको भने फाइनान्स, जलविद्युत्, जीवन बिमा, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ र म्यूचुअल फण्डमा पनि हरियाली देखिएको छ । साथै बाँकी उपसमूहमा रातो देखिएको छ ।
२ वटा कम्पनी दिव्यश्वरी जलविद्युत् लिमिटेड र इन्ग्वा जलविद्युत् लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने खानीखोला जलविद्युत्, जोशी जलविद्युत् विकास कम्पनी र सुपर मादी जलविद्युत् कम्पनीको शेयर मूल्य समान ९.९९ प्रतिशतले बढेको छ ।
त्यसैगरी अपर स्याङ्गे जलविद्युत् लिमिटेडको ९.५१ प्रतिशत, जानकी फाइनान्स कम्पनी लिमिटेडको ६.१८ प्रतिशत, गुराँस लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत, युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको ३.४६ प्रतिशत र समाज लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ३.४४ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।