• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०२:३४:४९

शेयरबजारमा हरियाली

काठमाडौं । पुँजीबजारमा हरियाली छाउँदा नेप्से परिसूचकले २७ सयको बिन्दु नाघेको छ । बुधबार नेप्से ४५.८८ ले वृद्धि हुँदा २७ सय २५ अंक पुगेको छ।


परिसूचक बढेपनि कारोबार रकम भने ५ अर्बमा खुम्चिएको छ। बुधबार ३ सय ८ कम्पनीको एक करोड १३ लाख ८६ हजार ८ सय ५४ कित्ता शेयर ५६ हजार ३ सय ५० पटक खरिदबिक्री हुँदा रू ५ अर्ब ५ करोड ६ लाख ५४ हजार ४ सय ५० बराबरको कारोबार भएको छ।

सबै समूहको उपसूचक बढ्दा म्युचुअल फण्ड उपसमूह भने ०.३४ प्रतिशतले घटेको छ। बुधबार बैंकिङ समूह सबैभन्दा बढी ३.४३ प्रतिशतले बढेको छ। विकास बैंक १.६३, वित्त १.८३, होटल तथा पर्यटन १.०५, जलविद्युत् १.९६ र लगानी समूह ०.७९ प्रतिशतले बढेको छ।

जीवन बिमा समूह १.०७, उत्पादन तथा प्रशोधन ०.६०, लघुवित्त ०.४२, निर्जीवन बिमा १.०३, व्यापार १.५६ र अन्य समूह ०.५७ प्रतिशतले बढेको हो।

न्यादी हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९.९७ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा खानीखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ९.९९ प्रतिशत रहेको छ।

कारोबार रकमका आधारमा बुधबार सबैभन्दा बढी जानकी फाइनान्स कम्पनी लिमिटेडको रू ३६ करोड १५ लाख २ हजार ४ सय ४३ बराबरको शेयर किनबेच भएको छ।