• शनिबार, ६ पौष, २०८१
  • ०९:४६:३७

मुक्त हलियाका पीडा : मालिकले पनि छोड्‌याे सरकारले पनि छोड्‌याे

काठमाडौं । डडेल्धुरामा रहेका मुक्त हलियाहरु पुनर्स्थापनाका कार्यक्रम नहुँदा मर्कामा परेका छन् । सरकारले वि.स. २०६५ साल भदौ २१गते हलिया मुक्ति गरेको थियो । तर हलिया मुक्ति भएको १६ वर्षसम्म पनि हलियाका समस्या जहाँका त्यहीँ छन् । अजयमेरु गाउँपालिका वडा नं १ का राम बहादुर पार्की हलियाका पीडा देउडामार्फत सुनाउँदै भन्नु हुन्छ , ‘मालिकका मालिकै छन्, गोसाईंका गोसाई छन् जति तन्त्र आयापन हाम्रा दिन उसाई छन् ।’ लिकका मालिकै छन्, गोसाईंका गोसाई छन् जति तन्त्र आयापन हाम्रा दिन उसाई छन् । 

पार्कीले बाजेकापालादेखि मालिकबाट लिएको कर्जा स्वरूप जीवनभर हलो जोत्नु भयो, तर कर्जा कहिलै घटेन । ५५ बर्ष कटिसकेका पार्कीले जसरी सरकारले मुक्त गर्‍यो त्यसरी पुनर्स्थापना न गरेको दुखेसो पोख्नु भयो । उहाँ जस्तै जिल्लाभर २ हजार ५सय ५१ जना हलिया रहेको तथ्याङ्क छ । जसमध्ये अझै पनि २ हजार ३ सय ७६ जना हलिया भएर पनि प्रमाणीकरण नभएको जिल्ला हलिया मुक्ति समाजले जनाएको छ ।     

सरकारले क,ख,ग र घ वर्ग भनेर छुट्ट्याएको भएपनि कसैको जग्गा खरिद भएन ,कसैको जग्गा भए घर भएन ३ आना जग्गामा घर बनाएर बस्नुलाई कसरी बुझ्ने ? ठुलो परिवारले तीन आनामा के–के गर्ने ? ताम्राकारले दुखेसो पोख्दै भन्नु भयो सरकारकोमा जाने हो भने पुनर्स्थापनाका कार्यक्रम छैनन्, मालिककोमा जाने हो भने मुक्त भइसके पछि कसरी जाने ? त्यो भन्दा त भारत पलायन हुँदै गएका छन् ।   

अधिकांश हलियाहरु भूमिहीन भएकोमा मजदुरीका लागि भारत पलायन भइसकेका छन् भने घरमा भएका हलिया परिवारका बालबालिकाहरू शिक्षाबाटसमेत बञ्चित हुनु परेको छ । सदरमुकाममै रहेको अमरगढी नगरपालिका वडा नं ७ को ओखरमुनीका अधिकांश विद्यालय उमेरका बालबालिकाहरू शिक्षाबाट बञ्चित हुनु परेको छ ।

उक्त गाउँकै बसन्ती ताम्राकारले ४ बर्ष अघि कक्षा १२ पास गरेको भएपनि बि.एडमा भर्ना हुन पैसा नपाएर घरमै बस्नु परेको छ । बुवाले कक्षा ११, १२ को पढाइका लागि लिएको रु १० हजार कर्जाको रु २० हजार तिर्नु पर्‍यो बसन्तीले भन्नुभयो जग्गा जमिन पनि आफ्नो नहुँदा बुवा अहिले भारतमा हुनुहुन्छ  । पढ्ने रहर हुँदा हुँदै पनि घरमै बसिरहनु परेको छ । 

बसन्ती जस्तै आर्थिक अभावका कारण घरमै बस्न बाध्य दिपा ताम्राकारलाई यस वर्ष आई.डि.एस संस्थाले बि.एड भर्ना गरेको छ ।  राष्ट्रिय मुक्त हलिया महासंघका केन्द्रिय कोषाध्यक्ष इन्दिरा ताम्राकारले अमरगढीको वडा नं ७ मा मात्र ४५ परिवार मुक्त हलिया रहेको बताउनु भयो । उहाँले भन्नुभयो सरकारी तथ्याङ्कले विद्यालय उमेरका सबै बालबालिकाहरू विद्यालय बाहिर छैनन् भनेको छ तर हाम्रो तथ्याङ्कले हलिया परिवारका कम्तीमा ३० प्रतिशत बालबालिका विद्यालय बाहिर छन् ।

सरकारले क,ख,ग र घ वर्ग भनेर छुट्ट्याएको भएपनि कसैको जग्गा खरिद भएन ,कसैको जग्गा भए घर भएन ३ आना जग्गामा घर बनाएर बस्नुलाई कसरी बुझ्ने ? ठुलो परिवारले तीन आनामा के–के गर्ने ? ताम्राकारले दुखेसो पोख्दै भन्नु भयो सरकारकोमा जाने हो भने पुनर्स्थापनाका कार्यक्रम छैनन्, मालिककोमा जाने हो भने मुक्त भइसके पछि कसरी जाने ? त्यो भन्दा त भारत पलायन हुँदै गएका छन् ।   

 समाजका अध्यक्ष सार्कीले जग्गा जमिन आफ्नो स्वामित्वमा नभएका मुक्त हलियाहरु मालिकबाट समेत टाढा हुँदै देशबाटै रोजगारीका लागि पलायन भएको बताउनु भयो । डडेल्धुरा सहित सुदूरपश्चिमका ९ वटा जिल्ला र कर्णाली प्रदेशका ३ वटा जिल्ला गरी देशभर १२ वटा जिल्लामा मुक्त हलियाहरु रहेको सरकारी तथ्याङ्कमा समावेश गरिएको छ । 

सदियौँ देखि बुवा, बाजेको पालामा लिएको कर्जा स्वरूप हलो जोत्ने प्रथा नै हलिया प्रथा हो । प्राय दलितहरू नै हलिया बस्ने गरेका छन् तर थोरै सङ्ख्यामा गैरदलित हरू समेत हलियाका रुपमा रहेको तथ्याङ्कमा समावेश गरिएको छ । 

जिल्ला हलिया मुक्ति समाजका अध्यक्ष भरत सार्कीले मुक्तिको कार्ड मात्र बोकेर पुनर्स्थापनाको प्याकेज नपाएका हलियाहरु समस्यामा रहेको बताउनु भयो ।उहाँले भन्नु भयो ५६ जनालाई जग्गा खरिद गर्न पैसा आयो तर घर बनाउन पैसा न आउँदा समस्या भएको छ ।

अझै हलियाहरु सूँची मै समावेश नहुँदा बलियाहरू मात्र हाबी भएको आरोप समेत लागेको छ । सरकारले २ लाखमा जग्गा किन्ने र ३ लाख २५ हजारमा घर बनाउने भनेर केहीलाई पैसा आएपनि त्यो पर्याप्त भएन । 