• बिहीबार, २२ फाल्गुण, २०८१
  • १०:५५:११

पाल्पा डढेलोः ४ सामुदायिक वनमा क्षति

काठमाडौं।पाल्पा जिल्लाको रिब्दीकोट गाउँपालिका १ र २ को सिमानामा पर्ने  संसारकोट डाँडामा गत मङ्गलबार दिउँसोदेखि लागेको आगो अझै निभाउन सकिएको छैन ।

अधिक पातपतिङ्गर र लगातारको हुरीका कारण आगो निभाउन नसकिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

करिब एक सय ७० हेक्टरमा फैलिएका  ४ वटा सामुदायिक वनमा क्षति भएको छ । डिभिजन वन कार्यालयका अनुसार देउरालीको लेक सामुदायिक वन, भारेखोला सामुदायिक वन, मधुवन सामुदायिक वन र वृन्दावन सामुदायिक वनमा क्षति भएको हो । 

आगो निभाउन नेपाली सेना, सशस्त्र प्रहरी बल र स्थानीय लागिपरेका छन् ।रासस।