शासनका अनेक रेकर्ड रचेका २७ किराँती राजाहरु
-
नेटिजन संवाददाता
- बुधबार, २१ फाल्गुण, २०८१- १३:१५:००/ Wednesday 03-05-25

काठमाडौँ। उपत्यकाको महिषपाल राजालाई युद्धमा परास्त गरेर यलम्बरले किरात शासनको स्थापना गरेका थिए । कर्कपेट्रिकका विचारमा सत्ताइस जना किराती राजाहरुले एक हजार छ सय तीस वर्षसम्म राज्य गरे तर राइट वंशावलीमा उनन्तीस जना र गोपालराज वंशावलीमा बत्तीस जना किराती राजाहरुको नाम उल्लेख भएको पाइन्छ ।
यस वंशावलीका अन्तिम राजा गस्ती थिए । किरात राजाहरुले करिब आठ सय वर्ष राज्य गरेको अनुमान गरिएको छ । नेपालको प्राचिन इतिहासमा किरातकाल अत्यन्त महत्वपुर्ण मानिन्छ ।
नेपालमा किरातकाल छैटौं सताब्दी इ. पू. मा स्थापना भएको विश्वास गरिन्छ । भगवान गौतमबुद्ध भारतका मौर्य तथा सुङवंश किरातकालका समकालीन मानिन्छन । इतिहास पल्टाउदै जाँदा किरातकालका प्रथम राजा यलम्बर र अन्तिम राजा गस्ती भनेर उल्लेख गरिएको छ । यद्द्यपी, यस वंशका महत्वपुर्ण सम्राटहरुमध्ये यलम्बर, हुमती, जितेदास्ती र स्थुङ्कोको नाम उल्लेखनिय मानिन्छ ।
किरात राजाहरुको नाम र संख्या विभिन्न वंशावलीमा विभिन्न किसिमबाट दिइएका छन् । यहाँ कर्कपेट्रिक वंशावली प्रस्तुत गरिएको छ ।
राजाहरु शासनकाल
१. येलुङ ९० वर्ष ३ महिना
२. द्रस्खम ३७ वर्ष
३. बलान्च ३१ वर्ष ६ महिना
४. किंगले ४१ वर्ष १ महिना
५. हुननतर ५० वर्ष
६. तुष्टवह ४१ वर्ष ८ महिना
७. सुपुष्ट ३८ वर्ष ६ महिना
८. पुर्व ५६ वर्ष
९. जितेदास्ती ६० वर्ष
१०. पंचम ७१ वर्ष
११. किङकिङकिङ ५६ वर्ष
१२. सुनन्द ५० वर्ष ८ महिना
१३. थोमो ५८ वर्ष
१४. जैध्री ६० वर्ष १ महिना
१५. जेनरेओ ७३ वर्ष २ महिना
१६ . स्वीरंव ६० वर्ष १ महिना
१७. थोर ७१ वर्ष
१८. थामो ८३ वर्ष
१९. वर्म ७३३ वर्ष ६ महिना
गुन्जेह ७२ वर्ष ७ महिना
कुस्कुन ४८ वर्ष
तिसो ५६ वर्ष
सुग्मी ५९ वर्ष
जोशा ६३ वर्ष
गोन्थो ७४ वर्ष
खेम्भु ७४ वर्ष
गलीगंग ८१ वर्ष