• शुक्रबार, ७ बैशाख, २०८१
  • ०७:०८:१४

सुन्दर पर्यटकीय नगरी मयुङडाँडा 

  • Netizen Nepal
  • बिहीबार, १३ असोज, २०७९- १७:३३:००/ Thursday 09-29-22

नेटिजन संवाददता 
काठमाडौँ, १३ असोज । खोटाङ र भोजपुरको सिमानामा पर्ने पर्यटकीयस्थल मयुङडाँडाको बीचमा रहेको हाँसपोखरी र चर्दै गरेका भेंडाका बथान । हाँसपोखरीसँगै साना-ठूलागरी दर्जनौँ पोखरी रहेका मयुङमा बिहानीपख आहाराका लागि सयौँको सङ्ख्यामा पानीहाँस आउने गर्छन् । यसैगरी त्यहाँ ठुल्ठुला घाँसे मैदान तथा प्रर्याप्त पानीको स्रोत रहेको मयुङमा भेडा, चौरी, घोडा तथा गाईगोरु पालन गरिएको छ । समुद्री सतहदेखि तीन हजार ३३३ मिटर उचइमा पर्ने मयुङ आन्तरिक तथा वाह्य पर्यटकको रोजाइमा पर्ने गरेको छ । तस्वीर: केदार मगर/ रासस ।