१०० दिने रोजगारीका लागि बेरोजगार खोज्दै सरकार
- Netizen Nepal
- आइतबार, ८ फाल्गुण, २०७८- १६:३३:००/ Sunday 02-20-22
नेटिजन नेपाल
कथ्मंद्दु, ८ फागुन । सरकारले बेरोजगार व्यक्तिको सूचीमा सूचीकृत हुन निवेदन दर्ता गर्नेसम्बन्धी सूचना जारी गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको प्रधानमन्त्री रोजगार कार्यक्रमले आज आइतबार जारी गरेको सूचनामा बेरोजगार भएकाहरुलाई फागुन महिनाभित्रमा २०७९–०८० का लागि निवेदन अनुरोध गरेको छ ।
रोजजगारीको हकसम्बन्धी नियमावली, २०७५ को नियम ७ बमोजिम बेरोजगार भएकाहरुले आफू स्थायी बसोबास गरेको वडा कार्यालयमा वा स्थानीय तहमा रहेका रोजगार सेवा केन्द्रमा निवेदन दिनुपर्नेछ ।आवेदक निवेदन दिँदाको मितिसम्म सोही आर्थिक वर्षमा न्यूनतम एक सय दिनको रोजगारमा संलग्न नभएको हुनु पर्ने छ ।
रितपूर्वक प्राप्त आवेदनलाई वडा कार्यालयले छानविन गरी बेरोजगार ठहर हुने सबै मापदण्ड पूरा गरेको प्रमाणित गर्नु पर्ने छ भने त्यस्ता आवेदकलाई कम्तिमा १०० दिनको रोजगारी प्रदान गरिनेछ ।