• आइतबार, ७ पौष, २०८१
  • ०७:३४:०२

मसिने गाउँको माछामा सबैको आँखा 

सन्तोष कुमार सुवेदी 
मकवानपुर ।  मकवानपुर जिल्लाको मनहरी गाउँपालिका वडा नं ४ मसिने गाउँका सानुकान्छा तितुङ्गलाई आजभोलि सिमखेतबाट हुने आम्दानीले हर्षित बनाएको छ ।  धान रोप्दा लागत उठाउँनै मुस्किल पर्ने खेतमा  माछा पालन शुरु गरेपछि सोचेभन्दा बढी आम्दानी भयो । अनि उनि  माछा पोखरी अझै बढाउँनतिर  हौसिए । आजभन्दा १० वर्ष अघि  तत्कालिन गाउँपालिका र स्थानीय गैरसरकारी संस्था एमडिआइ नोपलको सहयोगमा  एउटा पोखरीबाट परिक्षणको रुपमा माछा पाल्न थालेका तितुङ्ग अहिले ९ ओटा पोखरीमा माछा पाल्छन् ।   


अहिले वडा नं ४ मा मात्र ५७ जना किसानले झन्डै ३० हेक्टर जमिनमा २ सय वटा पोखरी बनाएर स्थानीय रैथाने माछा र उन्नत जातको माछा पालन गरेका छन् । माछापालनबाट धानखेतीबाट भन्दा धेरै  फाइदा भएको बताउँदै तितुङ्ग भन्छन्, ’पहिला एक हेक्टर जमिनमा चैत र असारमा धान लगाउँदा झन्डै ७० देखि ८० हजार खर्च हुन्थ्यो । उत्पादन राम्रो भयो भने लगभग १ लाखको आम्दानी हुन्थ्यो । नत्र घाटा पनि व्यहोर्नुपथ्र्यो । माछा पालन गर्दा वार्षिक ६ लाखको आम्दानी हुन्छ । दाना, औषधि, हेरचाह सबै गरेर ३ लाख खर्च हुन्छ । बाँकी ३ लाख चोखै बच्छ । ’   

सिमखेत भएकाले  धानबाहेक कुनै पनि बाली हुँदैनथ्यो । त्यसैले उनी यसको उपयुक्त विकल्पको खोजीमा थिए । स्थानिय संस्था एमडिआइ नेपालले सन् २०१२ मा सुरु गरेको स्थानियको जीविकोपार्जन तथा रैथाने माछा संरक्षणका लागि सञ्चालन गरेको  तालिममा सहभागी भएपछि उनले माछा पालनलाई  खेतिपातीको विकल्पका रुपमा रोजे  । धान खेतीबाट मुस्किलले वार्षिक १ लाख आम्दानी गर्ने उनी अहिले त्यहि जग्गामा माछापालनबाट वार्षिक ६ लाख बढीको आम्दानी  गर्छन् । अहिले सानुकान्छाको जस्तै  मासिने गाउँका धेरै स्थानियको आयआर्जन र जीविकोपार्जनको आधार माछापालन बनेको छ । उनिहरुमध्ये कतिपयको खेतलाई खहरे खोलाले बगर बनाएर हैरानी दिएको थियो  भने कतिपय  किसानको खेतमा धान खेति मात्र हुने भएकाले आम्दानी खुम्चिएको थियो । तर माछा पालनमा लागेपछि उनिहरुको आम्दानी ह्वात्तै बढ्यो । यसले गर्दा स्थानियको आर्थिक अवस्था मात्र फेरिएको छैन, मसिने गाउँको नामै परिवर्तन भएर माछा गाउँ भएको छ । पहिले  सुनसानप्राय मासिने गाउँमा अहिले रैथाने माछाका व्यापारी तथा उपभोक्ताहरुको बाक्लो चहलपहल पनि बढेको छ ।

अहिले वडा नं ४ मा मात्र ५७ जना किसानले झन्डै ३० हेक्टर जमिनमा २ सय वटा पोखरी बनाएर स्थानीय रैथाने माछा र उन्नत जातको माछा पालन गरेका छन् । माछापालनबाट धानखेतीबाट भन्दा धेरै  फाइदा भएको बताउँदै तितुङ्ग भन्छन्, ’पहिला एक हेक्टर जमिनमा चैत र असारमा धान लगाउँदा झन्डै ७० देखि ८० हजार खर्च हुन्थ्यो । उत्पादन राम्रो भयो भने लगभग १ लाखको आम्दानी हुन्थ्यो । नत्र घाटा पनि व्यहोर्नुपथ्र्यो । माछा पालन गर्दा वार्षिक ६ लाखको आम्दानी हुन्छ । दाना, औषधि, हेरचाह सबै गरेर ३ लाख खर्च हुन्छ । बाँकी ३ लाख चोखै बच्छ । ’   
माछा पालनलाई  अझै बढाउँनका लागि आफुलाई थप प्राविधिक ज्ञानको खाँचो भएको बताउँदै तितुङ्ग भन्छन्, ’थोरै पोखरीबाट अझै धेरै उत्पादन कसरी बढाउँन सकिन्छ भन्ने कुरा जान्न मन छ । साथै विमाको पनि व्यवस्था भइदिए संभाव्य जोखिम बघाउँन सकिन्थ्यो र नाफा अझ बढाउँन सकिन्थ्यो। ’ 
     
पोखरीमै व्यापारी 
स्थानीय किसानका अनुसार  अनुसार माछाको बजार निकै राम्रो भएका कारण बार्है महिना उत्पादन भए पनि बेच्न समस्या हुँदैन । अहिले   माछा  व्यापारीहरु पोखरीसम्मै आइपुग्छन् । बजारको मागअनुसार उत्पादन गर्न नसकेको बताउँदै  स्थानीय किसान विष्णुमाया थिङ्ग भन्छिन् ’हामीले उत्पादन गरेको माछा स्थानिय बजारमै खपत हुन्छ । यहाँको मुख्य बजार हेटौंडा हो तर आजसम्म यी माछा हेटौंडा पुगेका छैनन् । व्यापारीहरुले यहि आएर लैजान्छन् ।’ 

 माछा पालन व्यवसायमा जोखिम कम, फाइदा राम्रो भएको यहाँका सबै किसानको अनुभव छ । माछालाई हत्तपत्त रोग लागिहाल्दैन । कोभिड महामारीका बेला समेत यहाँका माछा बिक्रि गर्न उनिहरुलाई समस्या भएन ।  
माछा पालनले  स्थानियको आयआर्जनमा बृद्धि संगै खानपान र पोषणमा समेत सुधार भएको स्थानीय किसान कल्पना खतिवडाको  भनाइ छ ।  कल्पनाका अनुसार पहिला आफ्ना बालबालिकालाई राम्रो शिक्षा दीक्षा दिन नसकेका स्थानियहरु अहिले राम्रो विद्यालयमा पढाउँन सक्ने भएका छन् । यति मात्र होइन, महिलाहरुसमेत आर्थिक रुपमा सशक्त हुन थालेका छन् । बेरोजगारीले गाँजेको गाउँमा अहिले सबैजना रोजगार छन् । मुख्य कुरा त रैथाने माछाको संरक्षण भएको छ, जसले जैविक विविधतालाई जोगाइराख्न समेत मद्धत गर्दै स्थानीयको आम्दानी पनि बढाएकोछ ।  

बर्खामा उर्लिएर आउँने  मसिने खोला (खहरे खोला)को छेउमा मा  अहिले तटबन्ध लगाइएको छ र सोहि तटबन्धको माथिबाट मोटरबाटो निर्माण भएको छ । यहि बाटोले नै  बाढीलाई पोखरीतिर आउँनबाट पनि रोकेको छ । माछा पालन व्यवसाय सञ्चालन भएकै कारण स्थानिय सरकारले त्यहाँका घर घरमा सडक बाटोको समेत पुर्याएको छ ।    उजाडिएको जग्गालाई उत्पादनशिल बनाउने उद्देश्य सहित परिक्षणको रुपमा सुरु गरेको कार्यक्रम जिल्लामै उत्कृष्ट भएपछि  अन्य संस्थाहरु पनि त्यहाँ आएर सहयोग गरेको एमडिआइ नोपलका कार्यक्रम अधिकृत सागर श्रेष्ठ बताउँछन् । हामीले नमुनाका रुपमा गरेको सानो सुरुवातले  गाउँमा ठुलो प्रभाव परेको छ । स्थानीय सरकार, जिल्ला कृषि विकास कार्यालय, प्रधानमन्त्री राष्ट्रिय कृषि आधुनिकिकिरण आयोजना , रामपुर क्याम्पस, मनहरी गाउँपालिकाले समेत यो कार्यक्रममा पूर्ण रुपमा सहयोग गरेका छन्’, उनले भने ।

    
स्थानिय जातको माछामा आकर्षण  
यहाँका धेरैजसो किसानले  पोखरीमा दुई जातका माछा पाल्दै आएका छन् । कार्प माछा (उन्नत जातको÷विकासे) र स्थानिय माछा । स्थानिय र विकासे दुवै माछा एउटै पोखरीमा पाल्न सकिन्छ तर उत्पादनका हिसाबले भने विकासे माछा निकै धेरै हुन्छ । एक कट्ठा जमिनमा स्थानिय माछा लगभग १० किलो र विकासे माछा झन्डै डेढ क्विन्टल उत्पादन हुने किसानहरुको  अनुभव छ । आय आर्जनका हिसाबले विकासे माछाबाट निकै लाभ लिन सकिने तर  पोषणका हिसाबले भने लोकल माछा  उपयोगी र स्वादिलो हुने कल्पना खतिवडा बताउँछिन् ।   स्थानीय माछा गर्भवती महिला, बालबालिका तथा कमजोर व्यक्तिहरुका लागि पौष्टिक आहारको पनि काम गर्ने भएकाले उपभोक्ताको रोजाइ पनि स्थानीय माछा नै हुन्छ ।    
स्थानीय जातको  माछामा उन्नत जातको माछामा भन्दा स्थानिय हावापानी खप्न सक्ने क्षमता बढी भएकाले पनि पाल्न अझै सजिलो हुने किसानहरु बताउँछन् ।  सानुकान्छा तितुङ्गको अनुभवमा रैथाने माछा भनेको लोकल कुखुरा जस्तै हो । जसले स्थानिय हावा पानी सबै पचाउन सक्छ । उन्नत जातको माछा ब्रोइलर कुखुरा जस्तै हो, यसको खानपान, औसधि र हेरचाहमा अलि बढी ध्यान दिनुपछ ।  लोकल माछा प्रति किलो ६–७ सय रुपैयाँमा बिक्रि हुन्छ  भने  उन्नत जातको माछा ३ देखि ४ सय रुपैयाँमा बिक्रि हुन्छ ।  

माछा पोखरी पहल  
 खेतीपातीबाट वर्षभरी खान पनि धौधौ हुने यस ठाउँमा   सन् २०१२ मा माछापालनको सम्भावनाको उजागर गर्न एमडिआइ नोपलले एउटा पोखरीमा परिक्षण गर्यो । संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहायतामा शुरु गरिएको माछा पोखरीमा  लोकल र कार्प ( रोहु, नैनी, ग्रास, कमन, ब्रिगेट, सिल्भर) जातको माछा  परिक्षण गरिएको थियो ।  शुरुको चरणमै माछा  उत्पादन उत्साहजनक े भएपछि स्थानिय सानुकान्छा र गाउँका केहि किसानहरुले पनि पाछा पालन सुरु गरे । शुरुमा पोखरी खन्नका  लागि एक घरलाई रु. ७ हजार आर्थिक सहयोग गरिएको थियो ।  माछाका भुरा र थप प्राविधिक सामाग्रीहरु तत्कालिन गाउँपालिकाले सहयोग गरेको थियो ।  

अहिले यहाँ  किसानको आफ्नै लगानीमा   २ सय वटा माछा पोखरी निर्माण भएका छन्ग  ।  निर्माण भएका २ सय  पोखरीमध्ये प्राय पोखरीको आकार २२.५ मिटर लम्बाई, १५ मिटर चौडाई र गहिराई २ मिटर छ । एउटा पोखरीमा वार्षिक उत्पादन हुने झण्डै दुई देखि तीन टन माछाबाट लगभग ५ देखि ७ लाख रुपैयाँ आम्दानी हुन्छ ।

उनिहरुको माछा पालनबाट पनि  उत्साहजनक नतिजा प्रप्त भएपछि अन्य किसानहरु पनि यसप्रति आकर्षित भए । अहिले यहाँ  किसानको आफ्नै लगानीमा   २ सय वटा माछा पोखरी निर्माण भएका छन्ग  ।  निर्माण भएका २ सय  पोखरीमध्ये प्राय पोखरीको आकार २२.५ मिटर लम्बाई, १५ मिटर चौडाई र गहिराई २ मिटर छ । एउटा पोखरीमा वार्षिक उत्पादन हुने झण्डै दुई देखि तीन टन माछाबाट लगभग ५ देखि ७ लाख रुपैयाँ आम्दानी हुन्छ ।
वनकरिया र तामाङ समुदायको बहुल्यता रहेको यहाँका समुदायले जीविकापार्जनका लागि मुख्य गरी धान खेतीबाट गुजारा चलाउँथे ।

केही व्यक्ति रोजगारीका लागि शहरी क्षेत्र तथा खाडी मुलुक जाने गर्थे । तर माछापालनबाट आम्दानी बढेसंगै गाउँमै स्वरोजगारको अवसर मिलेको छ भने बालबालिकालाई उच्च शिक्षाका लागि राम्रो विद्यालयमा पठाउने क्रम पनि बढेको छ । माछापालनकै कारण उनीहरुको खानपान, स्वास्थ्यमा समेत परिवर्तन आएको सागर श्रेष्ठ बताउँनुहुन्छ । पहिला खेतबारी र घरको चुलो चौका मात्र समिति महिलाहरु अहिले माछापालन व्यवसायमा प्रत्यक्ष रुपमा संलग्नताले आर्थीक रुपले सक्षम हुँदै गएका छन्  । यो संलग्नताले   स्थानीय जातको माछाको संरक्षणमा समेत योगादन पुगेको छ ।  

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम अन्तर्गतको विश्व वातावरण कोषको साना अनुदान कार्यक्रमको आर्थिक सहायतामा मसिने गाउँमा यसअघि पनि वृक्षारोपण, अम्रिसो खेती, सुधारिएको चुलो निर्माणलगायत पर्यावरण संरक्षणसम्बन्धि विविध कामहरु भएका थिए । 


सम्बन्धित समाचार: 

कोभिडले कोरलेको सामागाउँको कान्ति

सिमसार क्षेत्रको संरक्षणमा नमूना सामुदायिक अग्रसरता

गाउँ चम्काउने अभियानको आँटिलो अगुवाइमा महिला

२२ सय हेक्टर जंगल जोगाउँने जाँगर

मसिने गाउँको माछामा सबैको आँखा 

मौरीको महबाट चम्किएका  दिनेश चेपाङ्ग

जीवनको अस्तित्वका लागि जैविक विविधता

सोलार सिंचाइ प्रविधिले पहिल्याएको परिवर्तन