• बुधबार, १९ बैशाख, २०८१
  • १०:४९:००

नेपालमा विदेशी स्वार्थ र विदेशसंग नेपालको स्वार्थ 

नेपाल परापुर्वकाल देखिनै वैदेशिक शक्तिको प्रभावमा परिरहने दक्षिण एशियाली देश हो। राजा पृथ्वीनारायण शाहको नेपाल एकिकरणको अभियानका समयमा होस् वा राणा शासक जंगबहादुरकै समय होस् नेपालमा अन्त प्रवाह मा वैदेशिक शक्तिको प्रभाव रहेको विभिन्न समयका घटना परिघटनाहरूले देखाएका छन् । राजा पृथ्वी नारायण शाहको समय र जंगबहादुर राणाको समयमा छिमेकमा रहेका बृटिश र केहि भोटका भारे टाकुरे राजा रजौटाहरूबाट समय समयमा निहु खोज्ने काम चाहिं हुने गर्द्थ्यो । सायद यहि कारणले गर्दा होला पृथ्वीनारायण शाहले त्यतिखेर नोपललाई ‘दुई ढुगां बिचको तरूल’ भनेका थिए । 

दोश्रो विश्व युद्ध पछि भने नेपालका लागी अर्को अन्त प्रवाह ९गलमभच अगचचभलत० को शक्ती जोडिन गएको छ त्यो हो विश्व विख्यात शक्ति राष्ट्र अमेरीका । अर्थात नेपालमा तीन थरिका शक्तिहरू ( भारत, चीन र अमेरीकीले प्रभावमा पर्ने गरेको छ ।  नेपथ्यबाट कहिले कांहि युरोपिय शक्तिले पनि नेपालको राज्य संचालन विधीमा प्रवेश गर्ने गरेको अनुभुति गर्ने गरिन्छ । यद्यपी यो पूवाह चाहिं त्यति अन्य तीन मुलुकको जस्तो स्पष्ट देखिदैन । 

नेपालमा राजनितीक दलका नेताहरू लम्पसारवादि हुन भने यीनीहरूले ९० डिग्रीको लम्पपारवादी, चरणवंन्दनावादि नेता, कार्यकर्ता, नोकरशाहि र बुद्दिजिवीहरूलाई नै रूचाउने गरेका उदाहरणहरू छन् । क्षमतावान, ईमान्दार, निष्ठावान, स्वाभिमानीहरू नेपालका राजनितीक दलका वर्तमान नेताहरू आँँँखाका कंसिगंरको रूपमा रहेकाछन् ।

यसरी नेपाल त्रिशक्तिय ध्रुवको प्रभावमा पर्ने गरेको अनेकौं दृष्टान्तहरू छन । यहि तीन शक्ति राष्ट्रहरूका प्रभावबाट नेपालका राजनितिक दलका नेताहरू पनि करिव करिव विभाजितनै भईरहेको देखिन्छ । एउटा दलका नेताले आफूलाई परंम्परागतरूपमा चीनको नजिक राख्न खोज्ने छन भने अर्को थरी नेता भारतको शासकिय सत्ताको अभिन्न मित्र रहेको भावभंगी बाट देखाउन खोजिरहेका हुन्छन् । दोस्रो विश्व युद्ध पछि आफ्नो शक्ति पहिचान गराएको अमेरीकाले पनि नेपालमा आफ्नो ठाऊं खोज्ने गरेको अनेकौं दृष्टान्तहरू छन् । यस अर्थमा अमेरीकी शक्ति संग नजिक हुने र आफ्नो दुनो सोझ्याउने काममा नेपालका नेताहरू तछाड मछाड गरिरहेको पनि देखिने गरिन्छ । 

अमेरीकाको हाव भाव नेपालमा दुई छिमेकी शक्ति ( भारत र चीन मात्र) बोलवाला नहोस्  भन्ने कुरामा चनाखो भई हेरी रहेको बुझिन्छ । नेपालमा त्रिशक्तियको राष्ट्रहरूले आफ्नो वर्चश्व कायम गर्न गराउन आ आफ्ना दुत  मार्फत् नेपालका नेताहरूमा दबाव सृजना गरिरहेका छन् । नेपालको वर्तमान संविधानमा यी त्रिशक्तिय देशहरूले नरूचाएका प्रावधानहरु राख्न र हटाउन पनि आ आफना लेवेल लगाएका नेताहरूलाई सत्तामा राख्ने र विस्थापित गर्ने खेलमा नेपालका वर्तमान लोभि पापीनेताहरू पर्ने गरेका छन् ।
विदेशीहरुका यिनै स्वार्थलार्य साथ दिएर कतिपय अवस्थामा नेपालका लोभि पापी सुप्रिमो नेताहरू त्रिशक्तिय देशमा लंम्पशारवादी भएर आफ्नो, आफ्ना परिवार र गुटको स्थान सुरक्षित गर्न मात्र तल्लिन रहेको आरोप पनि लाग्ने गर्दछ । 

हाम्रा छिमेक र अमेरीकी शक्ति केन्द्रहरू नेपालको राज्य सत्तामा आ आफ्ना लंम्पसारवादि नेताहरूलाई नै पुर्याउन प्रयास गरिरहेका हुन्छन् । यदि हाम्रो राजनीतिक नेतृत्वले राष्ट्रिय हितमा काम गर्दा कुनै व्यक्तिगत  वा पार्टीगत स्वार्थ नहेर्ने हो भने विदेश स्वार्थ नेपालमा प्रवेश गर्न संभव छैन । यस अर्थमा नेपालमा विदेशी स्वार्थ प्रवेश गर्नु नेपाली नेताहरुकै दो हो । 

नेपालमा राजनितीक दलका नेताहरू लम्पसारवादि हुन भने यीनीहरूले ९० डिग्रीको लम्पपारवादी, चरणवंन्दनावादि नेता, कार्यकर्ता, नोकरशाहि र बुद्दिजिवीहरूलाई नै रूचाउने गरेका उदाहरणहरू छन् । क्षमतावान, ईमान्दार, निष्ठावान, स्वाभिमानीहरू नेपालका राजनितीक दलका वर्तमान नेताहरू आँँँखाका कंसिगंरको रूपमा रहेकाछन् ।

अब के गर्ने ?    
नेपालमा वर्तमानका नेतागणहरूलाई उचित तवरमा व्यस्थापन गरि जोशिला क्षमतवान युवाहरुलाई  राजनीतिक नेतृत्वमा लैजान सके विदेशी हस्तक्षेपका यी गुनासाहरु धेरै हदसम्म घटाउँन सक्ने देखिन्छ । उनिहरु राष्ट्रिय हितमा बढि सचेत देखिन्छन् भने नेपालका बिषय विज्ञहरूको रायसुझावका आधारमा  काम गर्न चाहन्छन् ।  नेपालको वर्तमान राजकाज र सेवा प्रवाहमा समुचित परिवर्तन ल्याउन राज्यको वर्तमान संरचनामा व्यापक उथल पुथल ल्याउन जरूरी छ । यो पनि युवा नेतृत्वबाट मात्र संभव छ । 

नेपालका त्रिशक्तीय देशहरू ( भारत, चीन र अमेरीकामा कुटनितीक जिम्मेवारीमा पठाउने कुटनितीज्ञहरूको पहिचान र छनौटमा विशेषरूपमा बिचार पुर्याउनु पर्नेहुन्छ । यसका साथै युरोपीयन युनियनको कुटनितीक प्रतिनिधी समेतको छनौटमा पनि चनाखो हुन जरूरी छ ।

प्रदेश सभाको चुनाव स्थानीय सरकारको वडा समिती देखिका सदस्यहरूलाई ‘निर्वाचन मंडल’ मानी प्रदेश सभाका सासंदहरूको निर्वाचन गर्ने प्रणालीको थालनी संबिधान संसोधन गरि आउदो निर्वाचन सम्पन्न गर्नु गराउनु समयको माग भएको छ । नेपालका प्रबुद्द वर्ग र बिषय विज्ञहरूको अनौपचारीक ‘थिकं ट्याकं संसदको’ गठन गर्ने कार्यमा युवा नेताहरूले विषेश पहल शुरू गर्नुपर्ने देखिन्छ ।  देशलाई आर्थिक, समाजिक र राजनितिकरूपमा रूपान्तरण गर्न यो थिकं ट्यांक संसद (सभा) लाई परिचालन गर्न गराउन नेपालका राजनितीक दलहरुले अग्रसरता लिनु आवश्यक छ ।  सधै उथल पुथल र अस्थिरतालाई आफ्नो सामर्थ्य देखाउने नेतागणहरूले अब भने देश विकास र सकृद्धिका आधारको रुपमा रहेका विदेशी सम्बन्ध र आन्तरिक संरचनागत सुधारलाई समेत विशेष ध्यान दिन आवश्यक छ ।