• बिहीबार, ३ असोज, २०८१
  • ०६:३९:१६

नारायणगढ मुग्लिन सडक दुईतर्फी सञ्चालन

काठमाडौं। नारायणगढ–मुग्लिन सडकखण्डको नौ किलोमा दुईतर्फी सडक सञ्चालनमा आएको छ । आइतबार राती करिब ७:२० बजे इच्छाकामना गाउँपालिका-६ नौ किलोमा सडक चिरा परी छेउमा लगाएको जालीको भाग भासिएको थियो । 

सडकको करिब  ५ मिटर भाग चिरा परेर एक फिट तल सरेको थियो । रातीदेखि एकतर्फी सञ्चालन हुँदै आएकामा मर्मतपछि आज बिहान १०:४० बजेपछि सडक दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिनुभयो । रासस।