• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०६:२६:१३

महिला हिसां अन्त्यका लागि आमा भएर कानून बनाउनुर्पछ : उपसभामुख इन्दिरा रानामगर

कठमाडौं । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानामगरले महिला हिंसा अन्त्य गर्नका लागि पुरुष सहभागिता पनि त्यत्तिकै जरुरी भएको कुरा बताउनुभएको छ ।


महिला हिंसाविरुद्धको ३३ औँ अन्तर्राष्ट्रिय १६ दिने अभियान अन्तर्गत मंसिर २५ गते राष्ट्रिय महिला आयोगले आयोजना गरेको “खबर गरौं ११४५ हेल्पलाइन सेवा” को सातौं वार्षिकोत्सब तथा आठौ स्थापना दिवसको अवसरमा उहाँले उक्त कुरा बताउनुभएको हो । सो कार्यक्रममा रानाले महिला हिंसाको काम गर्दै जादा महिलाहरु हरेक कुराबाट कसरी पछि परिरहेका छन् ति कुरालाई उठान गर्दै लानुपर्छ भन्नुभयो । साथै कानून बनाउदा हामीले आमा बनेर पनि बनाउनु पर्ने कुरामा जोड दिनुभयो ।

 यसैगरि कार्यक्रममा राष्ट्रिय महिला आयोगका अध्यक्ष कमला पराजुलिले राष्ट्रिय महिला आयोग हरेक किसिमका महिला हिसांको अन्त्यका लागी हर तबरले लागिरहेको बताउदै यसमा सबै क्षेत्रको सहयोग र साझेदारीको आवश्यकता रहेको बताउनुभयो ।

राष्ट्रिय महिला आयोगका सचिब पार्वती अर्यालले राष्ट्रिय महिला आयोगले हाल गरिरहेका कामहरुको बारेमा छोटकरीमा जानकारी दिनुभयो । कुनै पनि महिला हिंसाका घटनाहरु भएको खण्डमा आयोगको १११५ नम्बरको हेल्पलाइन सेवामा खबर गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा लैङ्गिक हिंसा सहजिकरणमा सहयोग गरेका विभिन्न संघ सस्थालाई सम्मान गरियो । राष्ट्रिय महिला आयोगको हेल्पलाइनमा ५ वर्ष भन्दा बढि र ५ वर्ष भन्दा कम काम गरेका कर्मचारीहरुलाई सम्मान गरियो । कार्यक्रममा लैङ्गिक हिंसाबारेमा जानकारी दिनको लागि आयोगका कर्मचारीहरुले नै तयार पारेको नाटक प्रर्दशन गरिएको थियो । उक्त नाटक मार्फत राष्ट्रिय महिला आयोगले सञ्चालनमा ल्याएको १११५ नम्बरको हेल्पलाइन सेवाको महत्व, आवश्यबता र प्रकृयाको बारेमा जानकारी दिएको थियो ।