• बिहीबार, २७ मङ्सिर, २०८१
  • ०७:४४:१७

जनकपुरले काठमाडौँलाई ५ विकेटले हरायो, ललित राजवंशी बने 'म्यान अफ द म्याच'

काठमाडौँ | नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौँ गुर्खाजलाई ५ विकेटको फराकिलो अन्तरले पराजित गरेको छ।


जनकपुरका बलर ललित राजवंशीलाई उत्कृष्ट प्रदर्शनका आधारमा ‘म्यान अफ द म्याच’ घोषित गरिएको हो। उनले खेलमा ४ ओभर बलिङ गर्दै २ मेडन ओभर राखे र केवल ८ रन खर्चेर ३ महत्वपूर्ण विकेट हात पारे। यो उत्कृष्ट प्रदर्शनका लागि ललितले ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे।

त्यस्तै, काठमाडौँ गुर्खाजका जेर्राड एरासमसले ‘क्याच अफ द म्याच’ अवार्ड जित्न सफल भए। यो अवार्डसँगै उनले २५ हजार रुपैयाँको पुरस्कार पाए।

यसैगरी, जनकपुरका आसिफ शेखले ‘ममेन्ट अफ द म्याच’ अवार्ड जिते। उनले पनि २५ हजार रुपैयाँ पुरस्कार हात पारे।

त्यसैगरी, जनकपुरका मोहम्मद मोहसिनले ‘सुपर फोर’ अवार्ड जित्दै नगद २५ हजार रुपैयाँ र थप ५ हजार रुपैयाँको एनसेल रिचार्ज भौचर प्राप्त गरे।