• शनिबार, ५ असोज, २०८१
  • ०६:५७:२९

दसैँको टीका लगाउँने उत्तम साइत ११: ३६बजे

काठमाडौँ । यस वर्षको दसैँको टीकाको उत्तम साइत असोज २६ गते बिहान ११ बजेर ३६ मिनेटमा रहेको छ । शुक्रबार नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सूचना जारी गर्दै  उक्त जानकारी दिएको हो ।  उक्त समितिका अनुसार बिहान ८ बजेर ३३ मिनेटमा देवी विसर्जन गरिने साइत रहेको छ ।  समितिका अनुसार घटस्थापनाको साइत असोज १७ गते बिहान ९ बजेर १६ मिनेटमा रहेको छ । 

असोज २४ गते फूलपाती भित्राउने शुभसाइत बिहान ७ बजेर ११ मिनेटमा रहेको छ भने असोज २५ गते महाअष्टमी, कालरात्रि र महानवमी एकै दिन परेको  छ । असोज ३० गते कोजाग्रत पूर्णिमादेखि दसैँ पनि सकिने छ । 
 टीका लगाइमाग्ने व्यक्तिले पूर्व फर्किनुपर्ने  र टीका लगाइदिने व्यक्ति पश्चिम फर्कनु पर्ने समितिले जनाएको छ ।